बैतडीमा भन्सार छलीका सामान बरामद

बैतडी– बैतडीमा भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको, दशरथचन्द नगरपालिका–१० अदारीपिण्ड स्थित सडक किनारबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब ६२ हजार ६ सय २५ मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको हो।

उक्त मूल्य बराबरको चिनी, मिश्री, दाल, खाने तेल, सरप, नरिवल, जिरा,चियापत्ती, पिठो, सुर्ती, साबुन, बदाम, प्लाष्टिक झिल्ली लगायतका सामान प्रहरीचौकी बाराकोट, बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहिका लागि भन्सार कार्यालय झुलाघाट, बैतडी पठाएको जनाएको छ।

प्रतिक्रिया छाेड्नुहाेस्