‘ढोग दिया’ शब्द दुरुपयोग गर्नेलाई कारबाही गर्न माग

बैतडी– ‘ढोग दिया’ शब्दको दुरुपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ।

प्रतिष्ठानका अध्यक्ष ध्रुवबहादुर सिंहले सुदूरपश्चिमको मौलिक संस्कार, भाषा–संस्कृतिलाई होच्याउने खालका गीत–सङ्गीतप्रति आपत्ति प्रकट गरेका हुन्।

प्रेस विज्ञप्ति जारी गर्दै उनले भूगोल विशेष क्षेत्र, सम्प्रदाय, जातजाति तथा समुदायसँग जोडिएको मौलिक कला संस्कृति, परम्परालाई अपमानित गर्ने खालका गीत–सङ्गीत प्रसारणमा रोक लगाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

काली–कर्णालीको मौलिक संस्कार र सभ्यतासँग जोडिएका ओजपूर्ण शब्दहरूलाई शिष्टताको खिल्ली उडाउने र अपहेलित गराउने कार्य तत्काल बन्द हुनुपर्ने उनको भनाइ छ।

संस्कृति र परम्परालाई अपमानित गर्ने खालका सामाजिक सञ्जालमा प्रकाशन, प्रसारण हुँदै आएका अपाच्य गीत–सङ्गीत तथा विषयवस्तु प्रकाशन प्रसारण गर्ने र तयार गर्नेहरूलाई कारबाही गर्ने उनले माग गरेका छन्।

सुदूरपश्चिम प्रदेशमा मान्यजनको आदर गर्दै खुट्टामा दण्डवत् प्रणाम गरी आशीर्वाद लिने कार्यलाई ढोग दिने भनिन्छ।

2 Comments Text
  • دانلود کننده ویدیو برای TikTok says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Your blog is a breath of fresh air in the often stagnant world of online content. Your thoughtful analysis and insightful commentary never fail to leave a lasting impression. Thank you for sharing your wisdom with us.
  • tlover tonet says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Hi, just required you to know I he added your site to my Google bookmarks due to your layout. But seriously, I believe your internet site has 1 in the freshest theme I??ve came across. It extremely helps make reading your blog significantly easier.
  • प्रतिक्रिया छाेड्नुहाेस्