पहिरोले गाउंकाे घर भासिएपछि परिवारसहित भारत गएका बैतडीका एक जनाकाे मृत्यु, परिवारको बिचल्ली

बैतडी– बैतडीका एक युवकको भरतमा मृतयु भएको छ । रोजगारिको सिलसिलामा भारत गरेका बैतडीको पुर्चौंडीका पुर्चौंडी नगरपालिका–७ ऐरीगाउँका ३६ बर्षीय मदन लुहारको मृत्यु भएको हो ।

स–परिवार बेंगलोरमा बस्दै आएका लुहारको बुधबार मृत्यु भएको स्थानीय पुरनसिंह ऐरले जानकारी दिए । स्वास्थ्यमा समस्या आएर अस्पताल भर्ना गरिएका लुहारको मृत्यु भएको उनले बताए ।

चार बर्ष अघि लुहारको पुर्चौंडीमा रहेको घर पहिरोले भासिएपछि उनी परिवार समेत भारत लगेर गएका थिए ।

मृतक लुहारका श्रीमति, दुई छोरी र एक छोरा रहेका छन् । लुहारको मृत्यु भएपछि उनको परिवार विचल्लीमा परेको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्