बैतडी– बैतडीमा घाँस काट्ने क्रममा एक जनाको लडेर मृत्यु भएको छ ।
जिल्लाको मेलौलि नगरपालिका–८ जमाडीकि सीता विष्टको भीरबाट लडेर मृत्यु भएको हो ।
महिला स्वास्थ्य स्वयमसेविका समेत रहेकी उनी पुष १९ गते घांस काट्ने क्रममा भीरबाट लडेर घाइते भएकि थिइन् । उपचारका लागि उनलाई डडेल्धुरा अस्पताल लगिएकोमा थप उपचारका लागि धनगढी लगिएको थियो ।
उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले बताए ।











