बैतडी– बैतडीको जोशीबुगां मावि लमौताको ५५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिका–९ मा रहेको सो विद्यालयको वार्षिकोत्सब कार्यक्रम आज सम्पन्न भएको हो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दराज जोशिको सभापतित्वमा सम्पन्न सो वार्षिकोत्सब कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय कमिटि सदस्य तथा पुर्व सभासद लिलाधर भट्ट रहेका थिए भने, विशिष्ट अतिथि नगरप्रमुख पुष्करराज जोशि रहेका थिए ।
विद्यालयको वाषर््िाक प्रतिवेदन प्रअ दुर्गादत्त जोशिले प्रस्तुत गरेको शिक्षक लोकराज जोशीले बताए ।
उक्त कार्यक्रममा स्थानिय मौलिक संस्कृतिलाई जगेर्ना गर्ने उदेस्यले सगुन, छलिया नृत्य लगायतका मौलिक कला संस्कृतिको प्रदर्शन गरिएको उनले बताए ।
यस्तै वर्षभरि उत्कृष्ट भएका विद्यार्थीलाइ पुरुष्कार समेत दिएइको उनले बताए ।











