बैतडी निर्माण व्यवसायी महासंघले पनि प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र

बैतडी- बैतडी निर्माण व्यवसायी माहासले पनि निर्माण उद्मोगका विद्ममान समस्याहरुलाई सम्बोधन गर्न माग गर्दै प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी हस्ते ज्ञापन पत्र बुझाएको छ ।

निर्माण कार्य हुने सिजनमै सिमेण्ट उद्ममीहरुबाट विना ठोस कारण नै खुलेआम कार्टेलिङ एव कालोबजारी गरी सिमेण्ट साथै डण्डी लगायतका निर्माण सामग्रीमा भइरहेको चर्को मुल्यवृद्वि भुक्तानी अभाव सार्वजनिक खरिद नियमावलीको १३ औं सशोधनमा देखिएको म्याद थप सम्बन्धी कानूनी जटिलता हटाउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको बैतडी निर्माण व्यवसायी संघका अध्यक्ष सुरेश चन्दले बताए ।

महासंघका जायज १४ बुँदे मागहरु पुरा गर्न आन्दोलनको विकल्प नभएको निचोड निकाल्दै १५ गते सम्म नेपाल सरकारलाई अल्मिेटम दिने र सो अवधिमा पनि १४ बुँदे मागका विषयमा कुनै सुनुवाई नभए आन्दोलनका चरणबद्घ कार्यक्रमहरु सचालन गर्न ज्ञापन पत्रमा राखिएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्