जनताका समस्या बुझ्न गाउँ जादै एमाले

बैतडी- नेकपा एमाले बैतडीले जनताका आम समस्या बुझ्ना गाउँ जाने निर्णय गरेको छ । एमाले जिल्ला कमिटीको पाँचौ बैठकले यस्तो निर्णय गरेको हो । जनताको घरदैलोमै पुगेर उनिहरुका समस्या संकलन गरि आगामी रणनीति बनाईने छ । जसका लागि तीन महिने अभियान संचालन गरिएको आज नेकपा एमाले बैतडीले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै एमाले बैतडीका अध्यक्ष नरेश विश्वकर्माले अब एमाले गाउँकेन्द्रीत भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘आम नागरिकका समस्या बुझ्न अब हामी तीन महिना जाउँ जाने अभियानमा छौँ । यस क्रममा एमालेका जनवर्गीय संगठनहरु समेत क्रियाशील गराइनेछन् ।’ जनवर्गीय संगठनहरुका अधिवेशन गर्ने क्रममा रहेको एमालेले अधिवेशन गर्न बाँकी रहेको पालिकाहरुमा रहेका जनवर्गीय संगठनहरुको समेत अधिवेशन गर्ने उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै एमाले बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्टले पछिल्लो समय एमालेप्रति दश भित्र तथा बाहीरका शक्तीहरुले घेराबन्दी गर्न खोजेकाले त्यसका बारेमा समेत पार्टीपंती र कार्यकर्ताहरुलाई सचेत पारिने बताउनुभयो ।

घोषित नितीअनुसार काम हुन नसक्नुको कारण के हो भन्ने प्रश्नमा उहाँले भन्नुभयो ‘पछिल्लो समय बजेट कामको स्पीडका बारेमा मैले धेरै भन्नुभन्दा पनि जनताहरुले मुल्याङ्कन गर्नुपर्छ । मेरो क्षेत्रमा तुलनात्मक रुपमा विकास बजेटका योजनाहरु कम पक्कै पनि छन तर मैले अहिलेको माननीयलाई भन्नुभन्दा पनि त्यो जनताले मुल्याङ्कन गर्नुपर्छ ।

अब एमाले मतदाता संख्या बढाउने अभियानमा समेत लागेको उहाँको भनाई थियो ।

प्रतिक्रिया छाेड्नुहाेस्