प्रेस चौतारी बैतडीको अध्यक्षमा भट्ट नेतृत्वको ११ सदस्यीय समिति सर्वसम्मत

बैतडी– नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपाल बैतडीको अध्यक्षमा प्रकाशचन्द्र भट्ट नेतृत्वको ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । प्रेस चौतारीको शुक्रबार सम्पन्न सातौं जिल्ला अधिवेशनले भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

उक्त समितिको उपाध्यक्ष मंगेश दयाल, समावेशी उपाध्यक्षमा राधिका भट्ट, सचिवमा प्रेम ओड, कोषाध्यक्षमा हरिसिंह साउँद, सहसचिवमा डम्बर बोहरा र सरस्वती मडै, चयन भएका हुन् । यस्तै सदस्यहरुमा सुरेन्द्र साउद, मदन राज भट्ट, बसन्ती पन्त र धर्मानन्द बडु निर्वाचित भएका हुन् ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिमा सिपि लोहिया र भागरथी महरालाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा पार्वती ओड र कृष्ण बिस्टलाई चुनेको छ । अधिवेशन नेकपा एमाले जिल्ला पार्टी कार्यालय मालिका डाँडामा सम्पन्न भएको थियो ।

नव निर्वाचित अध्यक्ष भट्टले पत्रकारहरुको हितमा देखिने गरी काम गर्ने प्रतिवद्धता गर्नुभएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्