राइपुर बिद्यालयमा प्रथम हुनेलाइ विशेष पुरस्कार दिने : चन्दको घोषणा

 बैतडी : पञ्चेश्वर गा पा वडा नम्बर ४ मा रहेको रायपुर अधारभुत बिद्यालयमा कक्षा १ देखि ८ सम्मका प्रथम हुने विद्यार्थीलाई विशेष पुरस्कार दिइने भएको छ ।

सोही ठाउँका स्थानीय हाल जागिरको शिलसिलामा बिदेस रहेका  नरेन्द्र चन्द डङ्खेतले सो पुरस्कारदिने घोषणा गरेका छन ।

विद्यार्थीहरुलाइ पढ्नमा रुचि  होस पढाईप्रती उतप्रेरणा मिलोस भन्ने उद्देश्यले सो पुरस्कार को घोषणा गरिएको चन्दले बताए ।

चन्द ले  पञ्चेश्वर गाउपालिका स्तरिय हुने कक्षा ८ को परीक्षामा पालिका प्रथम हुने लाई पनि नगद पुरुस्कार दिने प्रतिबद्धता जनाएका छन । विशेष पुरस्कार र नगद पुरस्कारमा उनले यतिमत्रै नगद वा समान भने खुलाएका छैनन ।

प्रतिक्रिया छाेड्नुहाेस्