बैतडी : भूमि समस्या समाधान आयोग बैतडीले बैठक सम्पन्न गरेको छ। बैठकले भूमि सम्बन्धी समस्याहरू समाधान गर्न सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने भूमी समस्या समाधान आयोग बैतडीका अध्यक्ष रमेश पण्डेले बताउनु ।
बिगतका कामहरुको समिक्षा गर्दै आगामी कार्ययोजना तय गर्न राजनीतिक दलका प्रमुखहरू, आयोगका पूर्व अध्यक्ष तथा पदाधिकारीहरू, र सरोकारवालाहरूसँग समन्वयमा परामर्श बैठक आयोजना गर्ने निर्णय गरेको अध्यक्ष पाण्डेयले जानकारी दिए।
बैठकमा भूमि समस्या समाधानका लागि आवश्यक सहकार्य र समन्वयलाई प्राथमिकतामा राखेर काम गरिने पाण्डेयले बताए।
समन्वय र सहकार्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा समस्याहरू समाधान गर्ने प्रतिबद्धता जनाएको छ। पहिलो बैठकबाट निर्णय भएका कदमहरूले भूमि समस्या समाधानमा नयाँ गति दिने अपेक्षा गरिएको छ ।










