बैतडी : पञ्चेश्वर गाउँपालिकामा निर्माण भइरहेको विद्युतको काम गतवर्षदेखि रोकिएको थियो । रोकिएको विदुतीकरणको कार्यलाई तिव्र गतिमा अघि बढाउन पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख वहादु चन्द आफै नेपाल विद्युत प्राधिरणको कार्यालय काठ्माण्डौ पुगेका छन् ।
अध्यक्ष चन्दले पुरै पालिकाको घरधुरीमा विद्युत पुर्याउनको लागि पहल गरिदिन र रोकिएको विद्युतको काम अगाढी बढाईदिन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ संग छलफल गरेका छन् । रोकिएको कामलाई अगाढी बढाउने विषयमा कार्यकारी निर्देक संग छलफलगर्दा घिसिङले एक साताभित्रै काम अघि बढाउने बताएको अध्यक्ष चनदले बताए ।
हाल वडा नं १, २, ३, र ४ मा आंशिक रूपमा बत्ती बलेपनि, सबै घरधुरीमा बत्ति बाल्न सकिएको छैन् । निर्माण व्यवसायीले मनोमानी ढंगले काम गर्दा र विचैमा ठेक्का छोडदा अहिले सम्म पञ्चेश्वरमा विद्युतको कार्य अलपत्र परेको हो ।
अध्यक्ष चन्दले भने ‘विद्युत् प्राधिकरण, निर्माण कम्पनी, र स्थानीय निकायहरूसँग पुनः सहकार्य गरी विद्युतको कार्यलाई अगाढी बढाउछौ र लगत्तै उज्याले पञ्चेश्वरको नारालाई सकार पर्छौ’ । स्थानीय बासिन्दाहरूका घरै अगाडि ट्रान्सफर्मर राखिएको छ पोलहरू छन्, तर अझै पनि बत्ती बाल्न सकिएको छैन । विद्युतको समान अलपत्र अवस्थामा छोडिएको छ










