बैतडी– जगन्नाथ बहुमुखी क्याम्पसका विद्यार्थी रोसन भट्टले आफ्नो भाई रितिक भट्टको जन्मदिन मनाउने खर्चले दशरथ आधारभूत विद्यालय गढीमा अध्ययनरथ विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्त्रण गरेका छन् । जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई कम गर्दै भट्टले विद्यालयका ६० विपन्न बालबालिकाहरुलाई शैक्षिक सामाग्री हस्तान्त्रण गरेका हुन्।

जन्मदिनमा हुने फजुल खर्च घटाई विपन्न बालबालिकालाई सहयोग गर्न पाउँदा खुसि लागेको रितिकको भनाई छ । रोसनले भन्नुभयो ‘भाईको जन्मदिन हामीले विद्यालयमा विपन्न बालबालिकाहरुसंग मनायौँ । अरुले पनि फजुल खर्च गर्नुको साटो यस्तो परोपकारी काम गर्नुपर्ने उहाँको भनाई छ ।















