बैतडी- दशरथचन्द नगरपालीका- ११ मा रहेको केदार नागार्जुन मा.वि बगलेखानको ४१औं वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार विभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ।
विद्यालयले वार्षिकोत्सवमा विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको विद्यालयका प्रधानाध्यापक गणेशदत्त जोशीले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयदत पन्तको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा नगरप्रमुख पुस्करराज जोशी प्रमुख अतिथि रहुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेश दत्त जोशीले विद्यालयको प्रगती विवरण प्रस्तुत गर्दै १ बकरोड २९ लाख२१ हजार ३ सय ५२ बराबरको आय–व्यय विवरण प्रस्तुत गरेको गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। समारोहमा विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।












