बैतडी- भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जिल्लाको मेलौली नगरपालिका– ३ ढणैँनमा आयोजना गरेको पशु स्वास्थ्य शिविर मार्फत पाँच सय बढी पशुचौपायाहरुको उपचार गरिएको छ । शिविर मार्फत ९८ परिवारका पाँच सय १७ पशुचौपायाहरुको चेकजाँच तथा उपचार गरिएको भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका कार्यालय प्रमुख गुमानीदत्त पन्तले बताउनुभयो ।

शिविरमार्फत ३ सय ३५ बाख्रा, ७५ गाई र १ सय १५ भैँसीको चेकजाँच तथा उपचार गरिएको हो । यस्तै १२ वटा कुकुरहरुमा रेबिच बिरुद्धको सुइ लगाइएको प्रमखु पन्तले बताउनुभयो । आउदा दिनमा पनि कार्यालयले जिल्लाका विभिन्न ठाउँमा शिविरको आयोजना गरि पशु सम्बन्धि सेवा दिने उहाँको भनाई छ ।