बैतडी । २३ फागुन ०८१
गाेली प्रहार गरि युवककाे हत्या गरेर भरूवा बन्धुक सहित फरार बैतडीको दाेगडाकेदार गाउँपालिका-८ कालागाउँका ४५ वर्षीय कर्णबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेकाे छ।
कर्णबहादुरलाई दार्चुलाकाे दत्तुबाट भारत भाग्न लागेकाे अवस्थामा आज दिउँसो पक्राउ गरिएको हाे।
गत शनिबार भाइ नाता पर्ने २५ वर्षीय सुरेन्द्र विष्टकाे गाेली प्रहार गरि हत्या गरेका कर्णबहादुरले त्यसपछि बन्दुकसहित फरार रहेका थिए।
फरार कर्णबहादुरलाई माेबाइलकाे लाेकेशनकाे आधारमा पक्राउ गर्न सफल भएकाे जिल्ला प्रहरीले जनाएकाे छ । ।
भाइकाे हत्यापश्चात कर्णबहादुर बन्दुकसहित भागेका थिए।
बन्दुकसहित भागेकाले प्रहरीले इन्काउन्टर समेतकाे याेजना बनाएर कर्णबहादुरलाई पक्राउ गर्ने याेजना बनाएकाे थियाे। कर्णबहादुर शिकारी रहेकाले सिकार गर्दै यसअघि पनि कयौंदिन जंगलमै बस्ने गरेका थिए।
फरार रहेका कर्णबहादुर यसअघि हातहतियार ओसारपसारकाे मुद्दामा मुछिएका व्यक्ति समेत हुन्।
लेनदेनकाे विषयमा विवाद हुँदा शनिबार बेलुका ८ बजेतिर घर नजिकैकाे हाेटेलमा खाना खाइरहेका बेला यातायात व्यवशायी समेत रहेका सुरेन्द्रमाथि कर्णबहादुरले गाेली प्रहार गरेका थिए ।
सुरेन्द्रले कर्णबहादुरबाट ४० हजार रूपैयाँ असुल गर्नुपर्ने र साेहि विषयमा विवाद भएकाे र त्यसपश्चात गाेलीकाण्ड भएकाे खुल्न आएको छ।
गाेली प्रहार लगत्तै सुरेन्द्रलाई स्थानीयबासिन्दाले उपचारका लागि जिल्ला अस्पताल पुर्याए। अस्पताल पुर्याउदा चिकित्सकले शनिबार राति नै मृत घाेषणाा गरेका थिए।










