नरेनको कप्तानीमा यू १९ विश्वकप एसिया छनोट खेल्ने क्रिकेट टीम घोषणा

धनगढी- नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यू-१९ विश्वकप एसिया छनोट खेलका लागि नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टिम घोषणा गरिएको छ ।

अप्रिल १२ देखि २१ सम्म काठमाडौंमा हुने छनोट खेलका लागि टिम घोषणा गरिएको हो । कप्तान नरेन बैतडी घर भएका खेलाडी हुन्। उनले यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्।

टिममा एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका सुर्खेतका विपिन शर्मासमेत समेटिएका छन् । क्यानका अनुसार १८ जनामध्येबाट १४ सदस्यीय अन्तिम टिम घोषणा हुनेछ ।

1 Comments Text
  • tlover tonet says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    I believe this web site has got very fantastic written written content articles.
  • प्रतिक्रिया छाेड्नुहाेस्