नरेनको कप्तानीमा यू १९ विश्वकप एसिया छनोट खेल्ने क्रिकेट टीम घोषणा

धनगढी- नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यू-१९ विश्वकप एसिया छनोट खेलका लागि नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टिम घोषणा गरिएको छ ।

अप्रिल १२ देखि २१ सम्म काठमाडौंमा हुने छनोट खेलका लागि टिम घोषणा गरिएको हो । कप्तान नरेन बैतडी घर भएका खेलाडी हुन्। उनले यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्।

टिममा एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका सुर्खेतका विपिन शर्मासमेत समेटिएका छन् । क्यानका अनुसार १८ जनामध्येबाट १४ सदस्यीय अन्तिम टिम घोषणा हुनेछ ।

प्रतिक्रिया छाेड्नुहाेस्