बैतडी– मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले बैतडीको दशरथचन्द नगरपालिका– ३ दुर्गाभवानीका समुह सदस्य पार्भती नाथलाई काजकिरिया वाफतको रकम हस्तान्त्रण गरेको छ । पार्भती नाथका श्रीमान मान्धोज नाथ को मृत्युपछि काजकिर्या वाफतको २१ हजार रकम हस्तान्त्रण गरिएको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था बैतडीका शाखा प्रमुख मोहनदेब जोशीले बताउनुभयो ।
सो रकम शाखा प्रबन्धक मोहन देब जोशी मार्फतन हस्तान्तरण गरिएको हाे । १ सय ४९ शाखा रहेकाे मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ६४ जिल्लामा बचत ,कर्जा, बिमा कारोबार लगायत अन्य समाजिक उतर दायित्वकाे काम गर्दै आइरहेको संस्थाका कर्मचारी दामोदर जोशीले बताउनुभयाे