सुरक्षा निकायलाई अग्नी नियन्त्रक सामाग्री हस्तान्तरण

बैतडी- डिभिजन वन कार्यालय बैतडीले सुरक्षा निकायलाई डढेलो नियन्त्रण गर्ने सामाग्री हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजन गर्दै वन कार्यालयले जिल्लास्थित सुरक्षा निकायहरु नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई अग्नी नियन्त्रक सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

डढेलो नियन्त्रणका लागि सहज होस भन्ने उद्देश्यले वन कार्यालयले उक्त सामाग्री हस्तान्त्रण गरेको डिभिजन वन कार्यालय, बैतडीका प्रमुख भरतप्रसाद भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयो अहिले सुरक्षा निकायलाई ‘फायर र्याक , आगो निभाउने स्वाटर, हेलमेट, पन्जा र र्याक हुँ लगायतका अग्नि नियन्त्रणका सामग्रीहरु हस्तान्तरण गरेका छौँ, यसपछि सामुदायिक वन उपभोक्ता समिति र सव डिभिजन वन कार्यालयहरुलाई पनि वितरण गरिने छन् ।’

प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यमार्फत समाग्रीहरु हस्तान्त्रण गरिएको उहाँको भनाई छ । तीन ओटै सुरक्षा निकायलाई १०/१० सेटका दरले अग्नि नियन्त्रणका सामग्री वितरण गरिएको हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययले जिल्ला विपद व्यवस्थापन समितिले पनि सबै पालिका र सम्बन्धित निकायलाई डढेलो नियन्त्रण लगायत अन्य विपत प्रतिकार्यका लागि तयारी अवस्थामा रहन पत्रचार गरेको बताउनुभयो । डिभिजन वनले दिएका सामाग्रीले डढेलो नियन्त्रणमा सहयोग पुग्ने उहाँको भनाई थियो । अझै थुप्र सामाग्रीको अपुगता रहेको समेत उहाँले बताउनुभयो ।

डिभजिन वन कार्यालयले जिल्लाका १० ओटै पालिकाहरुमा वन अतिक्रमण, बनक्षेत्रको भोकाधिकार र आगलागी नियन्त्रण सम्बन्धी अन्तरक्रिया समेत गर्ने डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्