लागुऔषध मुद्दामा अदालतले सजाय तोकेका फरार व्यक्ति पक्राउ

बैतडी- लागुऔषध मुद्दामा अदालतले सजाय तोकेका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गएको वर्ष लागुऔषध खैरो हिरोइन सहित पक्राउ परेका दशरथचन्द नगरपालिका- ४ धुराका २२ वर्षीय विरेन्द्र रावललाइ अदालतले धरौटीमा रिहा गरेको थियो । पछि जिल्लाले रावललाई २ महिना २४ दिन कैद तथा पाँच हजार जरिवानाको सजाय तोकेको थियो ।

त्यसपछि फरार रहेका उनलाई साेमबार बैतडी प्रहरीले जिल्ला सदरमुकाम गोठलापानी बजरा आसपासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता इन्सपेक्टर बलराम पाण्डेयले बताउनुभयो ।

उहाँका अनुसार पक्राउ गरिएका रावललाई अदालतमा उपस्थित गराई जिल्ला कारागार बैतडीमा पठाइएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्