बैतडी- महिला सदस्य सरस्वती जोशीले नियुक्ती पाएसंगै भूमि समस्या समाधान आयोग बैतडीले पायो पुर्णता समस्या समाधान आयोग जिल्ला समिति बैतडीले पुर्णता पाएको छ । मंगलबार जोशीलाई भूमि समस्या समाधान आयोग जिल्ला समिति बैतडीका अध्यक्ष रमेश पाण्डेयले शपथग्रहण गराउदै नियुक्ती दिएपछि अपुर्ण समितिले पुर्णता पाएको हो ।


समितिले पुर्णता पाएसंगै जिल्लामा रहेका भूमि हीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित रुपमा वसोवास गरिरहेका विपन्न नागरिकहरुले राहात पाउने समितिका अध्यक्ष रमेशदत्त पाण्डेयले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘सिंगो समिति एक ढिक्का भएर भूमिहीन तथा अव्यवस्थित वसोवासीहरुको समस्या समाधानमा लाग्ने छ । त्यसका लागि सबै सम्बन्धित स्थानीय तह र सबै सरोकारवालाहरुको सहयोगको अपेक्षा गरेको छु ।’

अब लगत्त समितिले आफ्ना कार्यक्रमहरुलाई तिब्र रुपमा अघी बढाउने उहाँले बताउनुभयो । भुमीहीन सुकुम्बासीहरुलाई जग्गा दिनका लागि अब समितिले काम अघी बढाउने र त्यसका लागि स्थानीय तहहरुसंग पनि छलफल भइरहेको उहाँको भनाई छ ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति बैतडीमा अध्यक्ष सहित एक महिला सदस्य नेपाली काँग्रेसको कोटामा परेको थियो । जसमा सदस्यको नियुक्ती हुन बाँकी थियो, जसमा पाटन नगरपालिकाकी सरस्वती जाेशी नियुक्त भएकी छिन् । यस अघि नेपाली काँग्रेसकै कोटाबाट समिति अध्यक्षमा रेमशदत्त पाण्डेय नियुक्त भएका थिए भने नेकपा एमालेको कोटाबाट विज्ञ सदस्य जगदीशसिंह नायक र सदस्य जानकी अवस्थीले नियुक्ती पाएका थिए ।

यसका साथै आजनै भूमि समस्या समाधान आयोग जिल्ला समिति बैतडीको कर्मचारीका रुपमा विभागबाट करार नियुक्त भई आएका सर्भेक्षक सहित पाँच जना प्राविधिक कर्मचारीहरुलाई समेत स्वागत गरिएको भूमि समस्या समाधान आयोग जिल्ला समिति बैतडीका सदस्य सचिव एवं नापी कार्यालय, बैतडीका प्रमुख रणसिंह रावलले बताउनुभयो ।









