हिन्दुराष्ट्र र राजसंस्था पुर्नस्थापनाको माग गर्दै बैतडीमा पनि विरोध प्रर्दशन

बैतडी- हिन्दुराष्ट्र र राजसंस्था पुर्नस्थापनाको माग गर्दै बैतडीमा पनि विरोध तथा आन्दोलनका कार्यक्रमहरु सुरु गरिएका छन् । राजसंस्था पुर्नस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले बैतडीमा पनि आन्दोलनका कार्यक्रमहरु सुरु भएको जनाएको छ ।

राप्रपा, राप्रपा नेपाल, हिन्दुवादी तथा राष्ट्रवादीहरुको संयुक्त आयोजनामा आन्दोलनका कार्यक्रमहरु सुरु गरिएको राजसंस्था पुर्नस्थापना जनआन्दोलन समितिका अभियान्ता प्रेमबहादुर चन्दले बताउनुभयो । हिन्दुराष्ट्र नेपाल र नेपालीको पहिचान भएकाले हिन्दु राष्ट्र स्थापनाका लागि एक जुट हुन समेत उहाँले सबैमा आग्रह गरेका छन् ।

देशमा व्यप्त दलतन्त्रले भ्रष्टाचार, परनिर्भरता र विधिको शासन विपरित काम गरेकाले आन्दोलन गर्नुपरेको उहाँको भनाई छ । बैतडीमा पनि सांकेतिक रुपमा आन्दोलनका कार्यक्रम सुरु गरिएको उहाँको भनाई छ । राजसंस्था पुर्नस्थापना र हिन्दुराष्ट्र कायम नहुँदा सम्म विभिन्न चरणमा आन्दोलन जारी रहने चन्दले बताउनुभयो । भोली १५ गते काठमाण्डौँमा हुने बृहत जनआन्दोलनका लागि समेत तयारी भइरहेको उहाँको भनाई छ ।

विदेशीको इसारामा नेपालका उच्चपदस्त भनिएका नेताहरुले आर्थिक र पदीय प्रलोभनमा परि धर्म निरिपेक्षता गरेको भएपनि यो नेपाली जनताहरुलाई पटक्कै मन नपरेको उहाँको भनाई थियो । संघीयता खारेज, राजसंस्था पुर्नस्थापना र हिन्दुराष्ट्र कायम लगायतका माग राख्दै जनआन्दोलन समितिले संघीय राजधानी लगायत देशभरी सरकार तथा व्यवस्था विरोधी कार्यक्रम गरिरहेको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्