विपीन लेखक : सहज सूचना प्रवाह गर्ने सूचना अधिकारी

बैतडी- पत्रकार तथा संचारमाध्यमले कुनै सूचना तथा जानकारीका लागि धेरै फोन गरिरहनु नपर्ने सूचना अधिकारी हुन् विपीन लेखक ! जो स्वास्थ्य कार्यालय, बैतडीमा सूचना अधिकारीको रुपमा कार्यरथ छन् । स्वास्थ्य कार्यालयका प्राय सूचनाहरु नियमित रुपमा स्वतः प्रवाह हुन्छन् । जसको सहजताका लागि कार्यालयले स्वास्थ्य संचार समुह नामकाे ग्रुप निर्माण समेत गरेको छ । समामाजिक सञ्जाल फेशबुकको स्वास्थ्य संचार समुह म्यासेन्जर ग्रुपमा जिल्लाका सबै पालिकाका स्वास्थय शाखा प्रमुख तथा स्वास्थ्य संग सम्बन्ध व्यक्तिहरु र पत्रकारहरु जोडिएका छन् । जसको नेतृत्व गरिरहेका छन्, स्वास्थ्य कार्यालय, बैतडीका सूचना अधिकारी विपीन लेखकले ।

स्वास्थ्य संस्थाका जानकारी, समस्या र अन्य सूचनाहरु सोही ग्रुपमा हाल्ने गरिएको छ । जसले जिल्लाका पत्रकारहरुलाई समाचार रिपोर्टिङमा समेत सहजता हुने गरेको नेपाल पत्रकार महासंघ बैतडीका अध्यक्ष नरी बडुले बताउनुभयो । उहाँले भन्नुभयो ‘स्वास्थ्य कार्यालयले म्यासेन्जर गु्रपमानै अधिकासं सूचना तथा कार्यालयले गरेका गतिविधिहरु हाल्ने भएकाले फोन गरेर सोधिरहनु पर्दैन, कुनै कन्फ्युज भएको विषयमा गु्रपमै जिग्यासा समेत राख्न सकिन्छ ।’

स्वास्थ्य कार्यालयले सूचना प्रवाहमा सहजता ल्याउनका लागि उक्त सूचना प्रणालीको प्रयोग गरिरहेको सूचना अधिकारी विपीन लेखकले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले मासिक बुलेटिन र वार्षिक प्रतिवेदन मार्फत पनि कार्यालयले गरेका सम्पुर्ण गतिविधिहरुलाई प्रकाशन गर्ने गरेका छौँ । सहज सूचना प्रवाहको गर्ने परिपार्टीले सुशासन र पारदर्शिता समेत हुने भएकाले हामीले सूचना प्रवाहलाई प्राथमिकतामा रोखेका हौँ ।’

संचारमाध्यमहरुले पनि म्यासेन्जर ग्रुपमा उपलब्ध भएका जानकारीलाई कोड गरेर समाचार बनाउने गरेको उहाँको भनाई छ । स्वास्थ्य कार्यालयले बढीजसो प्रबर्धनात्मक कामहरु तथा जनचेतनामुलक कार्यक्रमहरु समेत गर्नुपर्ने भएकाले सूचना प्रणलीलाई व्यवस्थित तथा सहज बनाउन आवश्यक रहेको र सोहि अनुसार कार्यालयले काम गरिरहेको स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख तिर्थराज भट्टले बताउनुभयो ।

सूचनाको हक सम्बन्धी ऐन अनुसार हरेक कार्यालयमा सूचना आदानप्रदानका लागि सूचना अधिकारीको व्यवस्था गरिएको हुन्छ । सहज सूचना प्रणलीलाई शुसासनको एउटा महत्वपर्ण साधनका रुपमा समेत हेर्ने गरिएको हुन्छ । कार्यालयका सूचनाहरु सकेसम्म छिटो सम्बन्धित निकाय र आम नागरिकसम्म पुगोस भनेर आफूहरुले प्रविधिको प्रयोग गरेको सूचना अधिकारी लेखकको भनाई छ ।

प्रतिक्रिया छाेड्नुहाेस्