अछाममा एक किराना पसलमा आगलागी, ६ लाखको क्षति

अछाम– अछाममा एक जनाको किराना पसलमा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको छ।

जिल्लाको मेल्लेख गाउँपालिका–२ सानीखेत बस्ने लाल बहादुर बुढाको किराना पसलमा आइतवार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ। उक्त आगलागीबाट बुढाको सम्पूर्ण सामानहरू जलेर करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।

प्रतिक्रिया छाेड्नुहाेस्