राजावादी प्रदर्शनमा प्रहरीको गोलीबाट सुदूरपश्चिमका २ जना घाइते

धनगढी– गत १५ गते काठमाण्डौँको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा गोली लागेर सुदूरपश्चिमका २ जना घाइते भएका छन् ।

बैतडीका २४ वर्षीय आशिष बोहरा र अछामका १९ वर्षीय राजेन्द्र रावल प्रहरीले हानेको गोली लागेर घाइते भएका हुन् ।

उनीहरु सहित ७ जनालाई प्रहरीले चलाएको ‘जंगी राउन्ड’ गोली लागेको हो ।

सो गोली लागेर काभ्रेका २६ वर्षीय रामहरि श्रेष्ठ, खोटाङका ३१ वर्षीय जानसोन राई, खोटाङकै १८ वर्षीय कञ्चन राई, भोजपुरका २७ वर्षीय डिल्लीप्रसाद लुइँटेल, भोजपुरकै ३० वर्षीय शम्भु दर्जी पनि घाइते भएका छन् ।

प्रतिक्रिया छाेड्नुहाेस्