बैतडी- ०७६ सालमा जिल्ला अस्पताल बैतडी अस्पताल व्यवस्थापन समितिको अध्यक्ष पद समालेकी पार्वती भट्टले सुरुमा नेतृत्व समाल्न सक्दैनन् की भन्ने आम बुझाई थियो । राजनीतिक नियुक्तीका आधारमा अस्पताल व्यवस्थापन समितिको अध्यक्ष चयन हुने व्यवस्था र त्यसमा पनि महिलाले नेतृत्व समालेको देख्दा पितृ सत्तात्मक सोच भएको हाम्रो समाजले त्यो बुझाई राख्नुपनि अस्वभाविक थिएन् । तर दुई कार्यकाल लगातार बैतडी अस्पतालको नेतृत्व हाकेकी पावतीले आम बुझाईलाई पुर्णतः गलत सावित गरिदिएकी छिन् । एकल महिला समेत रहेकी भट्टले लगातार दुई कार्यकाल (६ वर्ष) अस्पताल व्यवस्थापन समितिको नेतृत्व सफल, उपलब्धिमुलक तथा प्रभावकारी ढंगले संचालन गरेर महिलाहरुको साहसलाई अझै उचो बनाएको महिला नेतृ सरस्वती नेपालीले बताउनुभायो । उहाँले भन्नुभयो ‘महिलाहरुले केही गर्न सक्दैनन् भन्ने सोच राख्ने हाम्रो समाजका लागि यो बलियो उदाहरण हो ।’

भट्टले अस्पताल व्यवस्थापन समितिको नेतृत्व समाल्ने बेला एक जनामात्रै डाक्टर बैतडी अस्पतालमा कार्यरथ थिए । पछि जिल्ला अस्पताल बैतडीमा पाँच–पाँच जना विषेशज्ञ सहित १६ जना डाक्टरहरुले सेवा प्रवाह गरे । जिल्ला अस्पताल बैतडी देशभरका १६ सैय्याका अस्पतालहरुमध्ये न्युनतम स्वास्थ्य सेवा मापदण्डमा पहिलो समेत बन्यो । यतिमात्रै होइन अस्पतालले यो दौरान विभिन्न उपकरणहरु समेत थप ग¥यो । दुर्गम गाउँमा विशेषज्ञ शिविर लगायतका कार्यक्रम समेत यो अवधिमा सम्पन्न भए । आफ्नो कार्यकालमा अस्पतालका डाक्टर तथा अन्य कर्मचारी र बाहीरको पनि सहयोग पाएकाले बैतडी अस्पताललाई देशभर चिनाउन सफल भएको पार्वती भट्ट बताउछिन् । उहाँले भन्नुभयो ‘सुरुमा मलाई असफल पार्ने थुप्रै प्रयासहरु भए, तर मैले हिक्मत हारिन । डाक्टरसावहरु र कर्मचारीको पुर्ण साथ पाए, नागरिक समाज र राजनीतिक दलहरुले पनि सपोर्ट गर्दा पहिलो कार्यकाल विताए । राम्रो काम गरेकै आधारमा मलाई दाश्रो कार्यकालको जिम्मा दिइयो ।’
उहाँले थप्नुभयो, ‘दोश्रो कार्यकालमा पनि सबैका साथ सहयोगले धेरै उपलब्धिहरु भए, यद्दपी अझै धेरै काम गर्न बाँकी छ । यो सबै पुर्ण होईन बैतडी अस्पताललाई ५० सैय्याको दरबन्दी अनिवार्य छ । उपकरणहरुको अझै अभाव र अपर्याप्तता छ जो प्रदेश सरकारले छिटोभन्दा छिटो गर्नुपछ । मलाई बैतडी अस्पतालले काठमाण्डौँका अस्पतालको जस्तै सबै सेवा दिएको हर्न मन छ ।’
सामान्य एक्सरे गर्नका लागि समेत भारतको पिथौरागढ जाने बैतडीवासीले अहिले जिल्ला अस्पताल बैतडीबाटै धेरै उपचारात्मक सेवाहरु पाईरहेका छन् । यद्दपी अझै धेरै कुराको अभाव छ । जसमा सम्बन्धित निकाय जिम्मेवार हुन आवश्यक छ ।
बैतडी अस्पतालले पछिल्लो समय शववाहन, एम्बुलेन्स, अक्सिजन प्लान्ट लगायतका सेवाहरु दिदै आएको छ । ०८१ चैत्र २ गते आफ्नो सफल दोश्रो कार्यकाल सफलताका साथ सम्पन्न गरेकी भट्टले अब भने अरुलाई अस्पतालको नेतृत्व दिनुपर्ने बताउछिन । उहाँले भन्नुभयो ‘सधै एकै व्यक्ति एकै जिम्मेवारीमा रहनु राम्रो होईन अरुलाई पनि काम गर्ने र आफ्नो क्षमता देखाउने अवसर दिनुपर्छ ।’
पुर्व अस्पताल व्यवस्थापन समिति अध्यक्ष भट्टले अस्पतालको सर्वाङ्गिण विकासमा महत्वपुर्ण भुमिका खेलेको अस्पतालका म्यानेजर सुमन महराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एउटा महिला नेतृले अपेक्षा गरेभन्दा पनि बढी काम गर्नुभयो, स्थानीय, प्रदेश र संघ सरकारहरुसंगको समुन्वय तथा अस्पतालको मागका बारेमा सबैलाई जिम्मेवार बनाउन उहाँ सफल रहुनभयो । यतिमात्रै होइन कर्मचारीहरुप्रतिको उहाँको व्यवहारले हामी सबैले टीममा काम ग¥यो जसको परिणम स्वरुप बैतडी अस्पताल देशभर चिनियो ।’
अबका दिनमा सामाज सेवासंगै सक्रिय राजनीति गर्ने अध्यक्ष भट्टले बताउनुभयो । अहिले भट्ट नेकपा एमालेको सक्रिय राजनीतिमा छिन् । राजनीतिका माध्यमबाटै जनताको सेवा गर्ने र बैतडीका आम नागरिकका समस्या समाधानका लागि सधै कटिबद्ध रहने भट्टको भनाई छ ।