बैतडी- कार्यालय सहयोगी नियुक्तिको बिसयमा असन्तुष्टि जनाउदै बैतडीको दशरथचन्द नगरपालिका-७ सुर्काल वडा कार्यालयमा स्थानीय युवाहरूले ताला लगाएका छन् ।
विपन्न तथा गरीब परिवारका सदस्यलाई कार्यालय सहयाेगी नियुक्ति गर्नुपर्ने माग राखेका युवाले वडा अध्यक्षले वडालाई कार्यकर्ताकाे भर्तिकेन्द्र बनाएकाे आरोप लगाएका छन ।
पहिले गाेप्य रूपमा कास नियुक्त गर्न खाेजेपछि विवाद भएकाे थियाे । त्यसपछि नगरपालिकाले सूचना जारी गरि पहिले गाेप्य रूपमा सिफारिस गरिएकाे भनिएका व्यक्तिहरूलाईनै नियुक्त गरिएकाले तालाबन्दी गर्न बाध्य भएकाे स्थानीय युवाहरूकाे भनाई छ । आफुहरुलाई वडाकाे कार्यशैली चित्त नबुझेकाे स्थानीय युवा दिपक शर्माले बताउनुभयो ।
नगरपालिकाका प्रशासन शाखा प्रमुख रजेन्द्र विष्टले भने कास छनाेट प्रक्रियागत रुपमा गरिएको दाबी गरेका छन् । वडा अध्यक्ष हरीदत्त बडुले भने अहिले नियुक्त भएका व्यक्तिपनि गरीब र विपन्न परिवारकै सदस्य भएकाे दाबी गरेका छन् । उहाँले भन्नुभयो “दुईजना छनाेट गर्नुपर्ने थियाे धेरैले निवेदन दिएका थिए, अहिले छनाेट भएका युवापनि विपन्न र आर्थिक अवस्था कमजोर भएकाे परिवारका व्यक्ति हुन्, प्रक्रियागत रुपमा उनिहरुलाइ छनोट गरिएकाे हाे ।”
वडामा तालाबन्दी गरिएकाे जानकारी आएको र दुबै पक्षकाे छलफलमा ताला खालिने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता इन्सपेक्टर बलराम पाण्डेयले बताउनुभयो ।