सुदूरमा बिसुको रौनक, सिस्नो लगाएर मनाइदै बिसु

धर्मानन्द बडु, ०८२ बैशाख १ गते- आज बैशाख १ गते नयाँ वर्ष अर्थात बिशु पर्वले सुदूरपश्चिम प्रदेश, कर्णाली लगायत भारतको उत्तराखण्डमा छुट्टै रौनक छाएको छ । नयाँ वर्षको पहिलो दिनलाई यस क्षेत्रमा बिसु पर्वका रूपमा मनाउने चलन छ । बिसु पर्व मनाउन यहाँका गाउँबस्तीमा बाहिर गएकाहरू घर फर्कने चलन छ ।

हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसियाली स्वरूप पौराणिककालदेखि नै बिसु पर्व मनाउने गरिएको विश्वास छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती पाइन्छ । देवर–भाउजू, नन्द–भाउजू र साली–भिनाजुले एक आपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । देवर नहुने र नन्द नहुने, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसुको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ । आजको दिन सिस्नो छ्याप्नाले छाला सम्बन्धि रोग व्याधिहरु नलाग्ने विश्वास गरिन्छ ।

स्वदेशमा रोजगारी नपाइने भएपछि सुदूरका पहाडी जिल्लाबाट कामको खोजीमा अधिकांश भारतका सहरतिर पस्ने गर्छन् । उनीहरू हिउँदेबाली लगाएर रोजगारीका लागि गएका थिए । बर्सेनि प्रायः यहीबेला उनीहरू घरपरिवारसँगै बिसुपर्व मनाउन फर्कने चलन छ । संचारको साधान नहुने बेलामा बिसुका लागि अनिवार्य घर फर्केर परिवार संग बस्ने चलन थियो । यद्दपी आजभोलि भने यो अनिवार्य छैन् । परदेश गएकाहरुको अवस्था र जानकारी पाउन समेत पहिले बिसु कुर्नुपर्ने बाध्यता थियो ।

1 Comments Text
  • Avatar Mason1258 says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    http://wish-club.ru/forums/index.php?autocom=gallery&req=si&img=5234
  • प्रतिक्रिया छाेड्नुहाेस्