कैलालीमा ढोका थुनेर भाउजुमाथि जबरजस्ति गर्न खोज्ने देवर पक्राउ

कैलाली– कैलालीमा आफ्नै भाउजुमाथि जबरजस्तीकरणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

घोडाघोडी नगरपालिका–२ को साडेपानीमा २७ वर्षीया भाउजुमाथि जबरजस्तीकरणी गर्न खोज्ने २२ वर्षका देवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले इलाका प्रहरी कार्यालय सुखडको टोलीले ती युवकलाई पक्राउ गरेको जानकारी दिए ।

युवकले घरमै ढोका थुनेर भाउजुमाथि करणीको प्रयास गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्