पाँच बुँदे माग राख्दै एकीकृत समाजवादीले बुझायो सिडियोलाई ज्ञापनपत्र

राधा बाेहरा । १९ बैशाख बैतडी- नेकपा एकीकृत समाजवादी बैतडीले पाँच बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार एकीकृत समाजवादी बैतडीका अध्यक्ष लालसिंह कार्की नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई ज्ञापनपत्र बुझाएको नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सचिव लक्ष्मीप्रसाद जोशीले बताउनुभयो ।

सुशासन र रोजगारी, समाजवादको तयारीू भन्ने नाराका साथ पार्टीका केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज माया भट्ट, प्रदेश कमिटी उपसचिव गणेश साउद लगायतका व्यक्तिहरुसमेत ज्ञापनपज्ञ बुझाउन जिल्ला प्रशासन पुगेको जोशीले बताउनुभयो ।

सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणका लागि पार्टीले ज्ञापनपत्र बुझाएको जोशीको भनाई छ ।

यस्तो छ ज्ञापन पत्र

प्रतिक्रिया छाेड्नुहाेस्