सिद्धेश्वर माविको अध्यक्षमा पाँचौँ पटक पनि भाट चयन

बैतडी- बैतडीको पाटन नगरपालिका– ९, मा पर्ने श्री सिद्धेश्वर माध्यमिक बिद्यालयको नयाँ बिद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

मंगलबार भएको अभिभावक भेलाबाट पाचौं पटक थप कार्यकालका लागि पुनः प्रेम सिंह भाट चयन भएका छन् ।

भाटको अध्यक्षता नौ सदस्यीय व्यवस्थापन समिती गठन गरिएको बिद्यालयले जनाएको छ । सदस्यहरुमा क्रमश कृष्ण सिंह महरा, नर बहादुर भाट, पार्वती भाट, बसन्ती चन्द, जयन्ती महरा, शिक्षक प्रतिनिधि भरत सिंह भाट चयन भएको बिद्यालयका प्रधानाध्यापक तथा सदस्य सचवमा प्रकाश सिंह महरा बताउनसभयो ।

अभिभावक भेलाले सर्वसम्मत भाटको नेतृत्वमा समिती चयन गरिएको उनले बताए । बिद्यालयको चौतर्फी विकासका लागि सबै सरोकारवालाहरु संग हातेमालो गरेर अगाडी बढने र शैक्षिक गुणस्तर सुधारका लागि हरेक पक्ष संग समन्वय सहकार्य गरेर काम गर्ने अध्यक्ष भाटले बताउनुभयो ।

२०१८ सालमा स्थापना भएको सिद्धेश्वर माबिमा हाल कक्षा १० सम्मको पठनपाठन भइरहेको छ भने बिद्यालयले पढाइसंग संगै सामुदायिक, धार्मिक अतिरिक्त कार्यक्रम गर्दै आइरहेको जनाएको छ ।

पाँचौ पटक सिद्धेश्वर माबिको अध्यक्ष पदमा निर्वाचित भाट शिगास माध्यमिक बिद्यालय गौरिशंकर पोखरी गुरुडा बैतडीमा पनि दोस्रो कार्यकाल अध्यक्ष चयन भएका थिए ।

प्रतिक्रिया छाेड्नुहाेस्