भोली (जेठ १ गते) बाट दशरथचन्द नगर बसले नियमित सेवा दिने

३१ बैशाख, बैतडी- दशरथचन्द नगरपालिकाले चैत्र २४ गते उद्घाटन गरेको नगर बसले भोलि अर्थात जेठ १ गतेबाट नियमित सेवा दिने भएको छ । भोली (बिहीबार) बाट नगर बस नियमित रुपमा दशरथचन्द नगरपालिका भित्रको मुख्य राजमार्गमा संचालन हुने दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजेन्द्र विष्टले बताउनुभयो ।

नगर बसले जिल्लाको सतबाँझबाट नेपाल भारत सिमानाका जुलाघाट सम्म सेवा दिने उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय, बैतडीले चालु आर्थिक वर्षका लागि तोकेको वैज्ञानिक भाडादरमानै नगर बस संचालन हुने बिष्टले बताउनुभयो ।

यस्तो छ नगर बसको रुटिन र भाडादर

प्रतिक्रिया छाेड्नुहाेस्