बैतडी- मेलौली नगरपालिका– २ कपर्तका ३८ वर्षीय नारायण ओडको मृत्युपछि उनको परिवार बिचल्लीमा परेको छ । रोजगारीका लागि भारतको ब्याङ्लोरमा रहेका ओड एक महिना अगाडी काम गरेर रुम फर्केपछि बेहोस भएर ढलेका थिए ।
साथीभाईको सहायोगले अस्पताल भर्ना भएका उहाँको आर्थिक अभावले उपचार हुन सकेन र घर ल्याउदै गर्दा बैशाख २८ गते बाटोमै मृत्यु भयो । उहाँसंग भएको र साथीभाई सापटी गरेको सबै पैसा सकिएपछि उनको परिवारसंग किरिया खर्च समेत छैन् । जेनतेन आफ्नो चलन अनुसार मृत्यु संस्कार गरिरहेका परिवारलाई अहिले दैनिक हातमुख जोड्न समेत समस्या छ ।
एउटा छोरी र दई छोराको लालन पालन गर्न समेत अहिले समस्या भएको मृतक ओडकी पत्नी डम्बरी ओडले बताउनुभयो ।
छोराछोरीलाई खुवाउन समेत समस्या भएकाले आर्थिक सहयोगका लागि ओडले सबैमा आग्रह गरेकी छिन् ।










