टिप्परको ठक्करबाट बैतडीको पाटन नगरपालिकाका एक कर्मचारीको मृत्यु

बैतडी– बैतडीको पाटन नगरपालिकामा कार्यरत एक कमर्चचारीको टिप्परहको ठक्करबाट मृत्यु भएको छ ।

नगरपालिकामा कार्यरत कार्यालय सहयोगी मन्धिरसिंह बिष्टको मृत्यु भएको हो ।

धनगढी उपमहानगरपालिका–१३, राजपुर चोकस्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१००१– त २६४५ नम्बरको टिप्परले शुक्रबार ठक्कर दिँदा ५३ बर्षीय बिष्टको मृत्यु भएको हो ।

पाटन नगरपालिका –६ घर भएका बिष्टलाई सडकमा बाटो क्रस गर्ने क्रममा टिप्परले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

यसैबीच पाटन नगरपालिकाले आइतबार शोक बिदा दिएको छ । नगरपालिकामा कार्यालय सहयोगी पदमा कार्यरत बिष्टको निधनले नगरपालिकालाई अपूरणीय क्षति भएको नगरपालिकाले जनाएको छ ।

बिष्टको निधनमा आइतबार नगरपालिका मातहतका सबै सरकारी कार्यालयहरुमा शोक बिदा दिइएको नगर प्रमुख गौरीसिंह रावलले बताए ।

प्रतिक्रिया छाेड्नुहाेस्