लैङ्गिक समानता तथा समावेशीकरण नीति कार्यान्वयको मस्यौदामाथि छलफल

बैतडी । २१ जेठ- दशरचथन्द नगरपालिकामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विस्तृत कार्ययोजनाको मस्यौदामाथी छलफल गरिएको छ । संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (युएनएफपीए) र जुरी नेपालको सहयोगमा मस्यौदामाथी छलफल गरिएको युएनएफपीएका जिल्ला संयोजक खगेन्द्र भट्टले बताउनुभयो ।

भट्टका अनुसार युएनएफपीए र जुरी नेपालको सहयोगमा तयार गरिएको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०७८ एवं मूल प्रवाहीकरण रणनीति २०७९ कार्यान्वयनको वितृत कार्ययोजना दशरथचन्द नगरपालिकालाई हस्तान्त्रण गरिएको हो ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति ०७८ र मूल प्रवाहीकरण रणनीति २०७९ कार्यान्वयनको वितृत कार्ययोजनाले नगरपालिकालाई यसबारेमा काम गर्न थप सहयोग पुग्ने महिला तथा बालबालिका शाखाका प्रमुख लिला कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कार्यान्वयको खाकाले हामीलाई नीति कार्यान्वयनमा सहजता हुने छ ।’

प्रतिक्रिया छाेड्नुहाेस्