जन्मदिनको अवसरमा बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्त्रण

बैतडी– जगन्नाथ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनका अध्यक्ष रोशन भट्टले जन्मदिनको अवसरमा अनाथ एवं असहाय बालबालिकाहरुलाई शैक्षिक सामाग्री हस्तान्त्रण गरेका छन् । जेठ २४ गते जन्मदिनको अवसर पारेर विरेन्द्र माध्यमिक विद्यालयको अनाथ असहाय छात्रवासमा रहेका असहाय एवं अनाथ बालबालिकालाई शैक्षिक सामग्री र फलफूल वितरण गरेका हुन् ।

जन्मदिन मनाउने परिपाटीलाई खर्चिलो र भड्किलो नभई मानविय सहयोगका रुपमा परिवर्तन गर्नुपर्छ भन्ने मान्यताका साथ आफुले बालबालिकाहरुलाई सहयोग गरेको भट्टको भनाई छ । यसले बाल मनोविज्ञानमा पनि सकारात्मक प्रभाव पर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया छाेड्नुहाेस्