बैतडी । ११ असार- लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्तरगत दोश्रो चरणको बैठक सम्पन्न भएको छ । मंगलबार दशरथचन्द नगरपालिकाको सभाहलमा बैठक सम्पन्न भएको हो ।
बैठकमा दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । ६ हिनाको अन्तरालमा बस्ते बैठकमा हिंसा रोकथाम र प्रतिकार्यको क्षेत्रमा भएको कामको समिक्षाका साथै भावि कार्ययोजनाका बारेमा समेत छलफल हुने गरेको दशरथचन्द नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख लिला कुँवरले बताउनुभयो ।

संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (युएनएफपीए) र जुरी नेपालको सहयोगमा बैतडीमा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना संचालमा छ । जसले हिंसा प्रभावित महिलाहरुलाई विभिन्न प्रकारका सहयोग गरिरहेको युएनएफपीएका जिल्ला संयोजक खगेन्द्र भट्टले बताउनुभयो ।











