डेंगी रोगलाई नियन्त्रण गर्न सबैको सहयोग आवश्यक : डाक्टर सुशिल

बैतडी : वर्षात सुरु भएसंगै जताततै लामखुट्टे को विगविगी फैलिएको छ । लामखुट्टेले डेंगी रोगलाई सार्न सक्ने र फैल्याउने भएकाले यसलाई नियन्त्रण गर्न सबैको सहयोग आवस्यक रहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर सुशिल विकले बताउनु भयो ।

स्वास्थ्य कार्यालय बैतडीले आयोजना गरेको डेंगी रोग सम्बन्धि सरोकारवालाहरु संगको अन्तरकृयामा डेंगी रोग सम्वन्धि जानकारी गराउदै डाक्टर सुुसीलले सबैले आआफ्नो ठाउँबाट सहयोग गरि लामखुट्टे नष्ट गर्न सकिने र डेंगी रोगनै नलाग्ने बताउनु भयो ।

अचानक उच्च ज्वरो आउनु, टाउको दुखाई हुने, आखा दुख्ने, मासपेशी तथा जोर्नी दुख्ने जस्ता डेंगु रोगका समान्य लक्षण हुन् । यस्ता समान्य लक्षण देखिएमा नजिकको स्वास्थ्य सस्थामा गएर जचाउनु सबैलाई स्वास्थ्यकर्मीहरुले आग्रह समेत गर्नु भएको छ ।

जिल्लाको पञ्चेश्वर र शिवनाथलाई डेंगी रोगको रेडजोनमा राखिएको थियो । अहिले यो ठाउँमा रोग नियन्त्रणमा आइसकेपछि यि ठाउँलाईपनि समान्यमा राखिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

आफ्नो घरको वरीपरी पानी नजम्न दिने, घरवरीपरी सरसफाई गर्ने, झ्याल ढोका वरीपरीको झाडी सफाई गर्ने, लामो बाहुलाका लुगा लगाउने, सुत्दा झुलको प्रयोग गर्ने, पानी जम्ने ठाउँ पुर्ने गर्दा डेंगी रोग बाट वच्न सकिने चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया छाेड्नुहाेस्