बैतडी : सुरक्षित अप्रवासन कार्यक्रम (सामी) जिल्लाको दशरथचन्द नगरपालिकामा संचालनमा रहेको छ । सामी कार्यक्रमले वैदेशिक रोजगारमा जाने, गएका र उनीहरुका आफन्तहरु संग सूचना, न्याय, सीप, वित्तिय साक्षरता र मनोसमाजिक परमार्श क्षेत्रमा काम गरिरहेको छ ।
नगरपालिकाले एक जनालाई जिल्ला प्रशासन कार्यालयमा यो सम्बन्धी जानकारी दिनका लागि राखेको छ । नगरपालिकाले श्रम स्वीकृती र पूनः श्रमस्वीकृती पनि दिरहेको छ । चालु आर्थिक वर्षमा नगरपालिकाको यो कार्यक्रमबाट २ जनाले श्रमस्वीकृती ४९ जनाले पूनश्रम स्वीकृती लिएको नगरपालिकाका रोजगार शाखा प्रमुख नन्दराज जोशीले बताउनु भयो ।
नेपालमा सन २०११ देखी लागु भएको सामी कार्यक्रम प्रभावकारी वन्दै अहिले स्थानीयतहरु सबैले लागु गर्न खोजिरहेका सामी कार्यक्रम अधिकृत विष्णु आर्यालले बताउनु भयो । जिल्लामा कृयाशिल पत्रकारहरु संगको कार्यक्रममा वोल्दै अधिकृत आर्यालले एक वर्षको अवधीमा भएका गतिविधीको समिक्षा र सुरक्षित अप्रवासन कार्यक्रम सम्बन्धि जानकारी गराएका थिए ।
रोजगार शाखाबाट ३२ योजना सम्पन्न
दशरथचन्द नगरपालिकाको रोजगारशाखाले चालु आर्थिक वर्षमा ३२ योजना निर्माण सम्पन्न गरेको छ । ५८ लाख बजेट विनियोजित बाट निर्माण सम्पन्न उक्त योजनाबाट ९८ जनाले प्रत्यक्ष रोजारी पाएको रोजगारशाखा प्रमुख जोशीले बताए । दशरथचन्द नगरपालिका मात्र नभएर अरु स्थानीयतहले सुरक्षित अप्रवासन कार्यक्रम (सामी) लागु गर्नुपर्ने देखिन्छ ।











