बैतडी : दशरथचन्द नगरपालिका आयुर्वेद शाखा बैतडीले महिला स्वास्थ्य स्वयम सेविका, नागरिक अगुवा र कर्मचारीहरु संग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्लाका दश वटै स्थानीयतहको भन्दा रामो्र सेवा दिइरहेको दनपा आयुर्वेद शाखाले चालु आर्थिक वर्षमा नगरपालिकाका सबै वडामा सेवाग्राहीलाई प्रत्यक्ष भेटेर विभिन्न रोगको उपचारसेवा सहित निशुल्क औषधी समेत वितरण गरेको थियो ।
समुदायमा प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य स्वयमसेविका र नागरिक अगुवानै भएकाले यिनीहरुलाई आयुर्वेद शाखाका सेवा र उपचार सम्बन्धि जानकारी भए अरु समुदायका व्यक्तिहरुलाई पनि यो सम्बन्धि जानकारी दिउन भन्ने उद्देश्यले अभिमुखिकरण गरिएको हो ।
अभिमुखीकरण कार्यक्रममा आयुर्वेद शाखा प्रमुख नरेन्द्र कलौनीले आयुर्वेद शाखाले दिदै आइरहेको सेवा सम्बन्धि जानकारी दिनु भएको थियो । साथै सबै सेवा ग्राहिलाई शाहिलेक बजारमा रहेको आयुर्वेद शाखाबाट सेवा लिन प्रमुख कलौनीले आग्रह समेत गर्नु भयो ।












