चौलानी नदीमा बैतडीका युवक बेपत्ता

बैतडी– चौलानी नदीमा हाम फालेर बैतडीका एक युवक बेपत्ता भएका छन्।

जिल्लाको डिलाशैनी गाउँपालिका –३ सिमारका अन्दाजी २६ वर्षीय महेश राना चौलानी नदीमा हाम फालेर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले रानाले सोमवार बिहान साढे ६ बजेतिर आफ्नै घर नजिकबाट चौलानी नदीमा हाम फालेको खबर प्राप्त भएको बताए।

बेपत्ता रानाको खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको छ। रानाले चौलानी नदीमा हाम फाल्नुको कारण भने खुलेको छैन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया छाेड्नुहाेस्