बैतडीमा कुकुरले टोक्दा एक बालकको मृत्यु

बैतडी– बैतडीमा कुकुरको टोकेर एक बालकको मृत्यु भएको छ।

जिल्लाको पुर्चौंडी नगरपालिका–६ कुयलीगाउँका १२ वर्षीय अनिल साउँदको कुकुरको टोकाइबाट आइतवार मृत्यु भएको हो।

स्थानीय शिक्षक मनोज साउँदका अनुसार करिब दुई हप्ता अघि कुकुरले टोकेर घाइते भएका अनिलको आइतवार बाटोमै मृत्यु भएको हो।

कुकुरको टोकाइबाट टाउकोमा चोट लागेका अनिललाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो।

उपचारपछि तीन दिन अघि मात्र उनलाई घर लगिएको थियो। तर, घर आएपछि स्वास्थ्यमा थप समस्या देखिएपछि पुनः अस्पताल लैजाँदै गर्दा आइतवार साँझ ६ बजेतिर डडेलधुरा नजिकै मृत्यु भएको परिवारले जनाएको छ।

अनिलमा कुकुरको टोकाइपछि रेबिजका लक्षण देखिएको र उनी पानी देख्नासाथ डराउने लक्षण देखिएको बताइएको छ। अनिल जनता आधारभूत विद्यालय रौनालीचौडमा कक्षा ६ मा अध्ययनरत थिए।

प्रतिक्रिया छाेड्नुहाेस्