कांग्रेसको पाटनमा वडा सम्मेलन : जेष्ठ नागरिक सम्मानित

बैतडी : बैतडीमा नेपाली कांग्रेसले कांग्रेसमा आवद्ध जेष्ठ नागरिकलाई सम्मान गरिरहेको छ । कांग्रेस बैतडीले वडा सम्मेलन गर्दै सम्मेलनमै २०४८ सालदेखि नेपाली कांग्रेसमा आवद्ध रहेका र पछि सदस्याता लिएका ७० बर्ष पुगेका नागरिकलाई सम्मानपत्र सहित सम्मान गरिरहेको छ ।

जिल्लाको पाटन नगरपालिका वडा नं. ६ मा नेपाली कांग्रेसले वडा सम्मेलन एवम जेष्ठ कृयाशिल सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । वडाका ४१ जना जेष्ठ कृयासिल सदस्यलाई सम्मान गरिएको बैतडी जिल्ला सभापती चतुर वहादुर चन्दले बताउनु भयो ।

पार्टीको क्रियाशील सदस्यता वितरण गर्ने, पार्टीमा नयाँ सदस्यहरुलाई आबद्ध गराउने, नेपाली कांग्रेसको नीति र विधानको बिषयमा समेत जानकारी गराइएकोे सभापती चन्दले जानकारी दिनु भयो ।

वडा सम्मेलनमा बोल्दै नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पार्टीको संगठन विस्तारका लागि आफूहरु सक्रिय रहेको र पार्टीलाई एकढिक्का बनाएर लैजाने कुरामा आफू लचकताकासाथ अघि बढीरहेको बताए । भोली अर्थात बुधवार पाटन नगरपालिका वडा नं. २ मा वडा सम्मेलन तथा जेष्ठ कृयासिल सदस्य सम्मान कार्यक्रम रहेको कांग्रेस बैतडीले जनाएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्