बाजुरामा पुलबाट लडेर एक बालकको मृत्यु

बाजुरा– बाजुरामा पुलबाट लडेर एक बालकको मृत्यु भएको छ।

जिल्लाको बुढीनन्दा नगरपालिका–१ पारतोलाका गणेश भण्डारीका १२ वर्षीय छारा विशालको पुलबाट लडेर मृत्यु भएको हो।

जिल्लाको जगन्नाथ गाउँपालिका–१ पिलुचौर र भारती कसैडीको सीमानामा रहेको बड्डीगाडको बेलिब्रिजबाट उनी लडेका हुन।

पुलबाट लडेर घाइते भएका भण्डारीलाई उपचारका लागि कोल्टी अस्पताल उपचारका लागि लगिएको थियो। तर, चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रतिक्रिया छाेड्नुहाेस्