गोदावरी नदीमा महिलाको शव फेला

धनगढी– कैलालीको गोदावरी नदीमा एक महिलाको शव फेला परेको छ।

गोदावरी नगरपालिका–२ गोदावरी नदी किनारामा बेवारिसे महिलाको शव फेला परेको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रण बहादुर चन्दले अन्दाजी ६० वर्षीय महिलाको शव फेला परेको बताए।

उनले महिलाको शरीरमा धेरै चोटपटक पनि नभएकाले नजिकैबाट नदीमा बगेर मृत्यु हुन सक्ने बताए। घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया छाेड्नुहाेस्