बैतडी–जिल्लाको पञ्चेश्वर गाउँपालिकाको प्रमुख प्रशाुसकीय अधिकृतमा दल बहादुर धामी हाजिर भएका छन् । प्रशासकिय अधिकृत धामिलाइ गाउँपालिका उपाध्यक्ष बीना भट्ट, प्रवक्ता जनक चन्द लगायत कर्मचारीहरुले स्वागत गरेका छन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धामीलाई पञ्चेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएपछि उनी गाउँपालिकामा हाजिर भएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत धामीलाई विहिबार एक कार्यक्रमका बीच गाउँपालिकामा स्वागत गरेका छन् । नितिनियम, कानुनमा टेकेर जनताको सेवामा कुनै कमि नगर्न अधिकृत धामिलाइ उपाध्यक्ष भट्टले आग्रह गर्नु भयो ।

गाउँपालिकामा हाजिर भएका उनलाई गाउँपालिकका जनप्रतिनिधि र कर्मचारीहरुले अबिर र खादा लगाएर स्वागत गरेका गाउँपालिकाका प्रवक्ता जनक बहादुर चन्दले बताउनुभयो । कामको सिलसिलामा गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्द पालिका बहिर रहेको पालिकाले जनाएको छ ।











