लाम्खुट्टे भगाऔँ, डेंगीबाट बचौँ

धर्मानन्द बडु, ०८२ साउन १७ । बैतडी- एडिस एजिप्टाई नामक लाम्खुट्टेको टोकाईबाट लाग्ने डेंगी रोक हाल नेपालका ७७ वटै जिल्लामा देखा परिसकेको छ । कुनै समय तराईमा मात्रै हुने यो रोग हाल पहाडी, उच्च पहाडी तथा हिमाली जिल्लामा समेत देखा परिसकेको छ । जसमा सबैले सावधानि आपनाउन जरुरी देखिन्छ ।

उच्च पहाडी जिल्लामध्येको एक बैतडीमा पनि डेंगी रोगका बिरामीहरु देखिन थालेका छन् । स्वास्थ्य कार्यालय बैतडीले डेंगी रोग नियन्त्रणका लागि सचेतना अभियान तथा खोज र नष्ट अभियान समेत संचालन गरेको छ । हाल जिल्लाका मुख्य बजारहरुमा लाम्खुट्टेका लार्भा खोज र नष्ट अभियान संचालन गरिएको स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख तिर्थराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै ठाउँमा हामी पुग्न सम्भव छैन, प्रत्येक पालिका तथा आम नागरिकले यसबारेमा सचेत हुन जरुरी छ ।’

पानी जम्ने खाल्डाखुल्डी, गमला, पानी जमेका पुराना भाँडाकुँडा, अलपत्र अवस्थामा राखिएका टायर, बोतल लगायत सानो भएपनि पानी जम्ने हरेक ठाउँमा एडिस एजिप्टाई लाम्खुट्टेले लार्भा पार्ने गर्दछ । डेंगी रोग एक भाइरल संक्रमण हो जुन एडिस एजिप्टाई (Aedes aegypti) जातको पोथी संक्रमित लामखुट्टेको टोकाइ बाट सर्दछ । डेंगी संक्रमण भए प्राय ३ दिन पछि लक्षण देखा पर्छ ।

डेंगी लागेमा अचानक उच्च ज्वरो (१०२–१०५ ̊F) आउनु, टाउको दुख्नु, आँखाको पछाडी दुख्नेु, मांसपेशी र जोर्नी दुख्ने, शरीरमा राताराता बिबिराहरु देखा पर्ने वाकवाकी र बान्ता आउने तथा गम्भीर अवस्थामा रक्तश्राव (नाक, गिजा, छालाबाट) हुनु, प्लेटलेट कम हुनु, Hypotension हुने ।Multi- organ failure हुने गर्दछ ।

यस रोगको लागि विशेष एण्टी भाइरल औषधी छैन । सामान्य सहायक उपचारमा शरीरमा पानीको मात्रा कायम राख्न, ज्वरो र दुखाइ घटाउन प्यारासिटामोल प्रयोग गर्न सकिन्छ । यसमा (ब्रुफिन र एस्प्रिन­) निषेध गरिएको छ ।

डेंगी रोकथामको उत्तम उपाय भनेको लामखुट्टेको टोकाइ बाट बच्नु नै हो । झुलको प्रयोग गर्ने, लाम्खुट्टेबाट बच्ने मलमहरुको प्रयोग गर्न सकिने स्वास्थ्य कार्यालय, बैतडीका ल्याब टेक्निसियन निरिक्षक तथा किटजन्य तथा माहामारी फोकल पर्सन जयसिंह बडालले बताउनुभो ।

प्रतिक्रिया छाेड्नुहाेस्