बैतडीमा पोलबाट करेन्ट लागेर एक किशोरको मृत्यु

बैतडी– बैतडीमा विद्युतको पोलबाट करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ।

जिल्लाको डिलाशैनी गाउँपालिका– ३ गिरीबगरका १३ वर्षिय किरण कोलीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो स्थानीय डिन्नीगाड खोलमा बालुवा संकलन गरिरहेका किरण नजिकै रहेको बिद्युतको पोलमा छोइदा गम्भीर घाइते भएका थिए ।

घाइते किरणलाइ उपचारको लागी गोकुलेश्वर अस्पताल पु–याएपछि चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको थियो ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

प्रतिक्रिया छाेड्नुहाेस्