बैतडीकि एक महिला गहनापत्तासहित बेपत्ता, छोराछोरीको विचल्ली

बैतडी – बैतडीकी एक महिला तीनदिनदेखि सम्पर्क विहनि भएकी छन् ।

बैतडीको सिगास गाउँपालिका–४ सिराडी घर भएका धनबहादुर साउँदकी श्रीमती अन्दाजी २६ –२७ वर्षीया भागरथी साउँद बेपत्ता भएकी हुन् ।

उनी तीन दिनदेखि घरबाट सम्पर्कविहिन भएको धनबहादुर साउँदका भतिजा चन्द्रसिह साउँदले बताए ।

यही साउन १५ गते राती नगद र लुगाकपडा सहित घरबाट एक्कासी हिँडेकी भागरथी अहिले सम्म सम्पर्कमा नआएको भतिजा साउँदले जानकारी दिएको छ ।

रोजगारीको सिलसिलामा हाल भारतमा रहेका भागरथीका श्रीमान धनबहादुर साउँदले भागरथीको खोजी गरिदिन आग्रह गरेका छन् ।

सिगासकै वडा न.४ रक्सौन माइतीघर भएकी भागरथी माइतमा पनि नरहेको बताइएको छ ।

भागरथीको घरमा तिन छोरी र एक छोरा रहेका छन् ।

प्रतिक्रिया छाेड्नुहाेस्