दलित समाज विकास मञ्चकाे ७ औँ अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः नेपाली

बैतडी– सामाजिक आन्दोलनमा सकृय दलित समाज विकास मञ्च (डिएसडिएफ) बैतडीको २१ औँ साधारणसभा तथा ७ औँ अधिवेशन शनिबार सम्पन्न भएको छ । दशरथचन्द नगरपालिका, बैतडीको सभाहलमा सम्पन्न अधिवेशनले सरस्वती नेपालीको अध्यक्षतामा नौँ सदस्यीय कार्यसमिति चयन गरेको छ । नेपालीलाई सभाले पनः अध्यक्ष चयन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मी भुल, सचिवमा बलभद्र दयार, कोषाध्यक्षमा ज्योती नेपाली निर्वाचित भएका छन् ।

यस्तै अधिवेशनले धनीराम लुहारको संयोजकत्वमा तीन सदस्यीय सल्लाहाकार समिति समेत चयन गरेको छ । अधिबेशनको उद्घाटन समारोहमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, शिक्षा विकास तथा समुन्वय एकाई, सशस्त प्रहरी, अधिकारकर्मि तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

यस्तै शनिबारनै दलित समाज विकास मञ्च र भुमिमा महिला कृषक सहकारी संस्थाको संयुक्त आयोजनामा किशान नेता तथा समाजिक आन्दोलनका अग्रेणी शहिद भिमदत्त पन्तको ७२ औँ स्मृति दिवश समेत मनाईएको छ । दलित समाज विकास मञ्च बैतडी जिल्लालाई मुख्य कार्यक्षेत्र बनाई सुदूरपश्चिम तथा नेपालमा सामाजिक आन्दोलन, जातीय विभेद तथा हानिकारक प्रचनको अन्त्यका लागि सकृय सामाजिक संस्था हो ।

संस्थाका आगामी दिनमा समेत विपन्न, पछाडी पारिएका वर्ग, असहाय तथा राज्यको श्रोतबाट बञ्चित समुदायको मुद्दा उठानमा अझै शसक्त रुपमा काम गर्ने संस्थाका अध्यक्ष सरस्वती नेपालीले बताउनुभयो ।

प्रतिक्रिया छाेड्नुहाेस्