काठमान्डौं — भारत उत्तराखण्डको उत्तरकाशीमा बादल फाटेपछि आएको बाढीले ठूलो क्षति पुर्याएको छ । भीषण वर्षापछि खीरगंगा नदीमा आएको बाढीले गंगोत्री मार्गमा पर्ने धराली बजार तहसनहस बनाएको छ ।
भारतीय समय अनुसार मंगलबार १ बजेर ३० मिनेटमा आएको बाढीले धराली बजारका धेरै घर गेग्रानमा पुरिएको र केही घरहरु बगेका छन् । बाढीमा परी अपराह्न ५ बजेसम्म ४ जनाको मृत्यु भएको डिएम प्रशान्त आर्यले जानकारी दिएको भारतीय सञ्चारमाध्यले उल्लेख गरेका छन् ।
उत्तरकाशीका पुलिस उपअधिक्षक जनक पवारका अनुसार धराली आसापासको क्षेत्रमा ३ ठाउँमा बादल फाटेको थियो ।











